loader

Breaking News

तकदा इंञ्जीनियरिङ कलेजमा भर्ना : जीटीए कोटामार्फत् विद्यार्थीहरूले के-के कागज-पत्र बुझाउने?

Image
 

गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अन्तर्गत दार्जीलिङ पहाड़मा पहिलोपटक इंञ्जीनियरिङ कलेज— दार्जीलिङ हिल इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (DHITM)  -को तकदाहमा उद्घाटन गरिएपछि उक्त इन्स्टिट्युटमा भर्ना शुरु भएको छ।
जीटीए कोटा  मार्फत् भर्ना लिन इच्छुक विद्यार्थीहरूले  16 सेप्टेम्बर मंगलवारदेखि आउँदो 10 अक्टोबरसम्ममा आवेदनसहित आफ्ना आवश्यकीय कागज-पत्र दार्जीलिङ्गको जुबिली कम्प्लेक्सस्थित शिक्षा विभागमा बुझाउनु पर्नेछ। 
इन्स्टिट्युटमा भर्ना हुन इच्छुक विद्यार्थीहरूले 10औं अनि 12औं श्रेणी उत्तीर्णको प्रमाण-पत्र, 10औं अनि 12औं श्रेणीको प्रवेश-पत्र, आवास प्रमाण-पत्र, बीडीओ अथवा एसडीओ-बाट जारी आय प्रमाण-पत्र अनि जाति प्रमाण-पत्र आवेदनसहित बुझाउनु पर्ने बताइएको छ।


Leave a Comment